ब्राजिलको प्रभावशाली जित, अर्जेन्टिना रोकियो

SHARES
Share on FacebookShareTweet on TwitterTweet

न्यु योर्क : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले एल साल्भाडोरविरुद्ध ५–० को प्रभावशाली जित हात पार्दा अर्जेन्टिना भने कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको छ। अमेरिकाको लान्डोभरस्थित स्टेडियममा भएको खेलमा ब्राजिललाई विजयी बनाउन नेमारले एक गोल गर्दै थप तीन गोलको अवसर सिर्जना गरेका थिए।

अनावश्यक रूपमा मैदानमा लड्ने व्यवहारले रुस विश्वकपमा आलोचित बनेका नेमारले बुधबारको खेलमा पनि त्यस्तै व्यवहार दोहोर्‍याउँदा पहेँलो कार्डसमेत बेहोरे। साल्भाडोरका रक्षक तामाकासले खुट्टामा थोरै छोएको देखिए पनि नेमार मैदानमा लड्न पुगेका थिए। सोही कारण उनलाई रेफ्री जइर मार्रुफोले पहेँलो कार्ड देखाएका थिए।

यद्यपि उनले त्यसअघि नै पेनाल्टी गोलमार्फत टोलीलाई १–० ले अघि बढाएका थिए। रिचार्लिसनलाई डी बक्सभित्र फल प्रहार गरेपछि प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्दै नेमारले खेलको चौथो मिनेटमै ब्राजिललाई अघि बढाएका थिए।

यससँगै उनले ब्राजिलियन राष्ट्रिय टोलीका लागि ९२ खेलबाट ५९ गोल पु¥याएका छन्। उनी सिनियर राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। उनीभन्दा अघि ७७ गोलसहित पेले र ६२ गोलसहित रोनाल्डो रहेका छन्। कम उमेर र उत्कृष्ट लयका कारण उनले रोनाल्डो र पेले दुवैको कीर्तिमान भंग गर्ने सम्भावनासमेत देखाएका छन्।

‘विश्वकपको असफलतापछि हामी पीडामा छौं। म आफंै पनि त्यो पीडाबाट अझै निस्कन सकेको छैन’, टोलीको जितपछि नेमारले भने, ‘त्यसैले त्यसपछिको जितले साँच्चिकै खुसी दिएको छ। टोलीको जितमा योगदान पु¥याउन पाउँदा खुसी लागेको छ।’

नेमारपछि टोलीको जितमा रिचार्लिसनले दुई तथा फिलिप कउटिन्हो र माक्र्विन्होसले एक÷एक गोल गरे। रिचार्लिसनले सिनियर राष्ट्रिय टोलीका लागि पहिलोपटक गोल गरेका हुन्। रिचार्लिसनले खेलको १६औं मिनेटमा नेमारको क्रस सदुपयोग गर्दै आफ्नो पहिलो गोल गरेका थिए। त्यसपछि खेलको ३०औं मिनेटमा कोउटिन्होले गोल गर्दा पनि नेमारले नै पास उपलब्ध गराएका थिए। खेलको ५०औं मिनेटमा खुला बललाई गोलमा परिणत गराउँदै रिचार्लिसनले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे। खेलको ९०औं मिनेटमा नेमारको कर्नर किकमा हेडिङ गोल गर्दै माक्र्विन्होसले टोलीको जित ५–० ले निश्चित गरे।

आफ्ना स्टार खेलाडी लियोनल मेसीबिना मैदानमा उत्रिएको अर्जेन्टिना भने छिमेकी कोलम्बियासँग गोलरहित बराबरीमै रोकिएको छ। मेट लाइफ स्टेडियममा ३५ हजारभन्दा बढी दर्शकमाझ अर्जेन्टिनाले जित निकाल्न सकेन।

रासफोर्डको गोलमा इङ्ल्यान्ड विजयी

मार्कस रासफोर्डको एकमात्र गोलमा इङ्ल्यान्डले मंगलबार राति खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको छ। इङ्ल्यान्डले स्विट्जरल्यान्डविरुद्ध १–० गोलको जित निकालेको हो। यो जितसँगै इङ्ल्यान्डले आफ्नो लगातार तेस्रो पराजयको यात्रा अन्त्य गरेको छ।

गत जुलाईमा सम्पन्न रुस विश्वकपको सेमिफाइनल खेल खेलेयता इङ्ल्यान्डले लगातार आफ्नो महŒवपूर्ण तीन खेलमा पराजय बेहोरेको थियो। सेमिफाइनलमा क्रोएसियासँग पराजित भएको इङ्ल्यान्ड रुस विश्वकपमै तेस्रो स्थानका लागि भएको खेलमा पनि बेल्जियमसँग पराजित हुन पुगेको थियो।

त्यसपछि गत शनिबार युरोपको नयाँ प्रतियोगिता युरोपियन फुटबल महासंघ (यूईएफए) नेसन्स लिगअन्तर्गत आफ्नो पहिलो खेलमा पनि स्पेनसँग पराजय बेहोरेको थियो। त्यसपछि मैत्रीपूर्ण नै भए पनि स्विट्जरल्यान्ड विरुद्धको खेलमा भने इङ्ल्यान्डले जित हात पारेको छ।

इङ्ल्यान्डकै लेस्टर सहरस्थित स्टेडियममा भएको खेलमा रासफोर्डले ५४औं मिनेटमा टोलीका लागि गोल गरेका थिए। अन्ततः उनकै एक गोल इङ्ल्यान्डलाई लगातार पछिल्लो तीन पराजयपछि पहिलो जित दिलाउन निर्णायक बन्यो। प्रशिक्षक गारेथ साउथगेटले गत शनिबार स्पेनविरुद्ध पराजय बेहोर्दा खेलाएकामध्ये मात्रै रासफोर्डलाई सुरुआती ११ मा समेटेका थिए।
Source by:-annapurnapost