भदौ १ देखि म्याद नाघेको औषधी बिक्री गरे कति वर्ष हुन्छ जेल?

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं,२५ साउन (ओएनएस) : अागामी भदौँ १ देखि लागू हुने नयाँ मुलुकी संहिताले म्याद नाघेको औषधी बिक्री गर्ने मेडिकल सञ्चालकलार्इसमेत कानुनकाे दायरामा ल्याएकाे छ।

मुलुकी अपराध संहितामा म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधिले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएकाे छ ।

इलाज सम्बन्धी धेरैजसो कसुरमा उजुर गर्न पाउने हदम्याद पनि हटाइएको छ । डाक्टरको लापरबाहीले मृत्यु भएमा वा क्षति भएमा पीडित पक्षले जहिलेसुकै पनि उजुरी गर्न सकिनेछ ।

source by;onsnews