भारतको आसाममा ५.६ रेक्टरको भूकम्प, पूर्वी नेपालमा धक्का महसुस

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं । भारतमा आएको भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ ।

आसाममा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । भारतीय सञ्चार माध्यमले भने ५ दशमलव ४ रेक्टर स्केलको प्रारम्भिक रिपोर्ट आएको जनाएका छन् ।

पश्चिम बंगाल, बिहार, आसाम, अरुणाचल प्रदेश, मणिपुर, नागाल्याण्ड दाजिर्लिङ, जलपाइगुडीका साथै नेपालको पूर्वी क्षेत्र र भुटानमा समेत भूकम्पको धक्का महसुस भएको थियो ।