महोत्तरीकी आठ महिने शिशु सोनालीको बलात्कार गरी हत्या गर्ने पक्राउ, यी हुन् हत्यारा

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुुरधाम, कार्तिक ३ गते ।
महोत्तरीको औरही नगरपालिकाकी ८ महिने शिशु सोनाली चौधरीको हत्यारा पक्राउ परेका छन् । सोनालीलाई बालत्कार गरी हत्या भएको झण्डै २ मिहना पश्चात उनको हत्यारा महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह पक्राउ परेका हुन् ।

सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको ईनरवा स्थित भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । महोत्तरीको भंगहा प्रहरीचोकीमा केहि महिना अघि ईन्चर्जको रुपमा कार्यरत्त रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साह हाल भण्टावारी स्थित प्रहरीचोकीमा कार्यत्त रहेको र उनकै टोलीले हत्यारा भरतलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ १० गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगी बालत्कार गरी निर्मम तरिकाले हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए । शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो । तर घटना पश्चात हत्यारा साह लुक्दे बस्दै आएका थिए ।

घटना पश्चत हत्यारालाई यथासिघ्र पक्राउ गरी कार्वाही गर्न औरहीबासी बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलन समेत गरेका थिए । हत्याराको स्थानीयबासिन्दा र प्रहरीले दुर्विनको सहायतालो चौरतिर खोजविन समेत गर्दा फेला परेको थिएन ।