मेयर सरावगीद्वारा राजिनामामेयर सरावगीद्वारा राजिनामा

SHARES
Share on FacebookShareTweet on TwitterTweet

महानगरपालिका ईञ्चार्ज मोहन चौधरीलाई राजिनामा बुझाएका हुन् ।पार्टीले मेयरको राजिनामा बारे औपचारिक रुपमा कुनै प्रतिकृया जनाएको छैन् ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष समेत रहेका साँसद प्रदीप यादवले मेयरले राजिनामा दिएको आफूलाई कुनै जानकारी नरहेको बताए ।‘राजिनामा दिएको कुनै पत्र पार्टी कार्यालयमा प्राप्त भएको छैन्’ उनले भने, पार्टीबाट राजिनामा दिएको पत्र प्राप्त भएपछि मात्र प्रतिकृया दिन मिल्छ ।

सरावगी फोरमबाट महानगरको मेयर बन्ने एक्ला नेता हुन् । स्थानीय तहको चुनाव हुनु भन्दा केहि अगाडी उनी उद्योगी व्यवसायीहरु सहित फोरम नेपालमा प्रवेश गरेका थिए ।उनको प्रवेशपछि फोरम नेपालले महानगरपालिकाका लागि सशक्त उम्मेदवार पाएका थिए ।

पर्सा जिल्ला संगठनमा , स्थानीय तह, प्रदेश सभा र साँसदहरुबीच व्यापक मतभेद देखिएको छ ।पर्सामा फोरम नेपालले तीनै चरणको चुनावमा राम्रो नतिजा ल्याएको छ ।
Source:-ejanakpur today