राममनोहरको शव यात्रामा ओर्ले जनसागर, सिके राउतका दर्जनौ कार्यकर्ता हिरासतमा !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, २१ माघ । स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको शवयात्रामा जनसागर ओर्लिएपछि प्रहरी धडपकड सुरु गरेको छ ।

तराई मधेशको बाँके जिल्ला स्थित जानकी गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी वर्ष ४० का राम मनोहर यादवको प्रहरी हिरासतमा मृत्यू भएपछि झण्डै ५ महिनापछि अन्तिम दाहसँस्कार गर्न लागिएको हो ।

विगत ५ महिनादेखि काठमान्डौँको शिक्षण अस्पतालमा महाराजगँजमा उनको शव राखिएको थियो भने उनीसँग कुनै प्रकारको छानबिन तथा न्याय नभएपछि हरेष खाएर उनका परिवारले शव बुझेका हुन् ।

डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्लाको एक कुशल नेता मानिएका थिए । गत भदौ ७ गते वर्तमान सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसँख्यामन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएपछि प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।

झण्डै एक सातापछि उनको प्रहरी हिरासतमै मृत्यू भएपछि विभिन्न सँचारमाध्यमा समाचार प्रकाशन प्रकाशित भएपछि उनको मृत्यू बारे अनुसन्धान गरिएको थियो । तर उनको मृत्यू प्रहरी हिरासतमा कसरी भयो भन अहिलेसम्म कुनै जानकारी वा रिपोर्ट परिवारजनले पनि पाएको छैनन् ।

राम मनोहरको शवयात्रामा सहभागी हुन तराई मधेशको विभिन्न जिल्लाबाट हजारौँको सँख्यामा जनमास ओर्लिका हुन् । जनमास ओर्लिएपछि विभिन्न ठाउँबाट नेपाल प्रहरीले शवयात्रामा सहभागी हुन गईरहेका सिके राउतका समर्थकहरु पक्राउ गरी राखेका छन् ।

बाँकेको कोहलपुरबाटै आज एकाविहानै सप्तरीबाट हिँडेका गाडीलाई नियन्त्रणमा लिएर राखेको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता अरबिन्द सहनीले न्यूज ब्यूरोसँग भने । उनका अनुसार, आईतबार दिउँसै सप्तरीबाट हिडेको गाडीमा सिके राउतका समर्थकरु देखेपछि प्रहरीले अहिलेसम्म अपरणशैलीमा हिरासतमा राखेका छन् ।

राम मनोहरको शवलाई जानकी गाउँपालिकाका वडा नं. ५ को पिपराहाचौकदेखि सुरु गरी गाउँ परिक्रमा गराएर गाउँदेखि करिब १ किलोमिटरको दुरीमा बनाइएको दाहसँस्कास्थलमा लैजाने तयारी भईरहेको जनाए । आज अपरान्ह ४ बजेतिर राममनोहरलाई अन्तिम श्रद्धाञ्जली दिँदै दाह सँस्कार गरिनेछ ।

शव यात्राको क्रममा पिपराहाचोकदेखि करिब ४०० मिटर तल प्रहरीसँग मुठभेड समेत भएको थियो भने ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।