सन्तान नजन्माएको भन्दै श्रीमतिमाथि कुटपिट, श्रीमानसहित चार पक्राउ

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं, ५ असाेज (ओएनएस) : कालिकोटमा सन्तान नजन्माएको भन्दै श्रीमतिमाथि कुटपिट गर्ने श्रीमानसहित चार जना पक्राउ पक्राउ परेका छन्। खाँडाचक्र नगरपालिका ५ की १८ वर्षीया युवतीलाई विवाह गरेको २ वर्ष सम्म पनि सन्तान नजन्माएको भन्दै कुटपिट गर्ने श्रीमान अली दमाई, ससूरा बिजे दमाई, देवर ऐन दमाई र जेठाजु प्रेम दमाई पक्राउ परेका हुन्।

खाँडाचक्र नगरपालिका १ माइती घर भएकी सरिता दमाईले आफूलाई परिवारले नै दैनिक बच्चा नजन्माएको र बोक्सी भन्दै कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले बताए।

उनका अनुसार बच्चा नजन्माएको निहुँमा पक्राउ परेका अाराेपितहरु पीडित सरितालार्इ दैनिक कुटपिट गर्दै अाइरहेकाे प्ररम्भिक अनुसन्धानबाट देखिएकाे छ। पक्राउ परेका चारैजना विरुद्ध सामजिक भेदभाव तथा अन्य अपमानजन्य कसुर बोक्सीको आरोप अन्तर्गत मुद्धा दर्ता गरिएकाे डीएसपी शर्माले बताए।
source by;onsnews