सप्तरीमा चितुवाको आक्रमणबाट ५ जना घाइते

SHARES
Share on FacebookShareTweet on TwitterTweet

सप्तरी, फागुन १ गते ।
सप्तरीमा चितुवाको आक्रमणमा परी बुधबार ५ जना घाइते भएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको चितुवाको आक्रमणमा परी उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.१० का राजवती देवी चौधरी, भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी र सत्य नारायण चौधरी घाइते भएका छन् ।

घाइतेमध्ये भरत, हिरानन्द, महावती, र सत्य नारायणलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाईएको छ भने राजवती देवीको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिनुभयो ।
यता ईलाका प्रहरी कार्यालय कञ्चनपुर र स्थानीयको सहयोगमा चितुवा नियन्त्रणमा लिई आरक्षको कार्यालय कुशाहामा बुझाइएको प्रहरीले जनाएको छ ।