सबैलामा सम्पन्न प्रदेश स्तरीय कबडी खेलमा घरेलु टिमको जीत

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, कार्तिक ४ गते ।
विजया दशमीको अवसरमा आयोजित प्रदेश स्तरीय कब्डडी प्रतियोगिताको उपाधि सवैला नगरपालिकाको घरेलु टिमले जितेको छ । प्रत्येक वर्ष दशैमा धनुषाको सवैलामा आयोजना हुने कब्डडी प्रतियोगीता यस वर्ष प्रदेश स्तरीय रुपमा आयोजना गरिएकोमा देशमै अवल टिम मानिएका कब्बडी संघ धनुषाको टिमलाई पराजित गर्दै सवैैलाको घरेलु टिम उपाधि जित्न सफल भएको हो ।

धनुषाको आधिकारिक टिमलाई ३४–३२ अंकले हराउदै सवैला नगद पुरस्कार ५१ ह्जार सहित प्रथम उपाधि चुम्न सफल भएकोे हो । धनुषाले ३१ ह्जार नगद सहितको दोस्रो पुरस्कारमा चित बुझाउनु परयो । त्यसैगरि महिला तर्फको उपाधि भने धनुषा संघकै महिला टिमले जितेको छ । सप्तरी टिमलाई पराजित गर्दै धनुषा उपाधि जित्न सफल भएको हो । महिला तर्फ प्रथम हुने टिम नगद २५ हजार र दोस्रो हुने टिम १५ हजार नगद र ट्रफी जितेको छ । पुरुष र महिला तर्फका विजेता र उपविजेता सवै टिमलाई सवैला र सहिदनगर नगरपालिकाका मेयरद्वय क्रमश विजयशंकर साह र उदय यादव वरवरिया तथा कब्बडी संघका केन्द्रिय उपाध्यक्ष विरेन्द्र यादवले पुरस्कार तथा ट्रफी प्रदान गरेको थियो । पहिलो हुने दुवै टिमको प्रथम पुरस्कार सवैला नगरपालिका र दोस्रो हुने दुवै टिमको पुरस्कारको सौजन्य सहिदनगर नगरपालिकाले गरेको थियो ।

श्री गुरास युवा क्लव सवैलाको अयोजनामा हुने प्रतियोगीता प्रदेश स्तरीय सम्म आइपुगेको र अगामि दिनमा राष्ट्रिय स्तरको आयोजना गर्ने क्लवका अध्यक्ष नथुनी यादवले घोषणा गरेका थिए । फाइनल प्रतिस्पर्धा र्हेन पुगेका प्रदेशका आन्तिरक मामिला एवम कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले ग्रामिण भेगका खेलाडीको खेल देखेर खुसी लागेको भन्दै खेल मैदानका लागि पहन गर्ने बताए । सवैला नगरपालिकाका मेयर साहले टिमलाई जिताउन अहम भुमिका निर्वाह गरेका खेलाडीहरुलाई नगरपालिका प्रहरीमा जागरि दिने बताए । सहिदनगर नगरपालिकाका मेयर यादवले धनुषाको पुर्वी ग्रामिण क्षेत्रमा राम्रो रंगशाला बनाउन सक्रिय हुने घोषणा गरे । कार्यक्रममा नेकपाका नेता योगनारायण यादव सहितका पुगेका थिए ।