सबैला नगरपालिका का वडाअध्यक्ष दलित बालकको जन्मदर्ता बनाउन मानेन !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

धनुषा २९ भदौ, २०७५ | प्रदेश नं. २
धनुषा । धनुषामा एक दलित बालकलाई वडाध्यक्षले जन्मदर्ता बनाउन आनाकानी गरेपछि जन्मदर्ता अधिकारबाट बञ्चित भएका छन् ।

धनुषाको सबैला नगरपालिका वडा नं. –१२ बस्ने ठकाइ चमारका ४ वर्षीय नाती डेविस कुमार महरा जन्मदर्ता अधिकारबाट बन्चित भएका छन् । बुवा विदेश भएको कारण बालकलाई तत्तकाल जन्मदर्ता नदिने सबैला नपा–१२ का वडा अध्यक्ष प्रदिप महतोले इन्सेक प्रतिनिधिलाई बताए ।

शुक्रवार बालकको हजुर बुवा ठकाइ चमार वडा कार्यालय पुगी नातीको जन्म दर्ता वनाउन वडा अध्यक्षलाई अनुरोध गर्दा विवाह दर्ता र वुहारीको नागरिकता पेश गरेपछि मात्र बालकको जन्मदर्ता बनाउन वडा सचिवलाई आदेश दिने बताएपछि ठकाइ घर फर्केका थिए ।

बच्चा जन्मेको केहि दिनपछि जन्मदर्ता बनाउन गएका बालकको काका उमेश महरालाई घरमा शौचालय बनाएपछि जन्मदर्ता बनाइ दिने भनि तत्तकालिन गाविस रघुनाथपुको प्राविधिक भिषण राउतले फर्काएका थिए ।

हाल घरमा शौचालयको भएको कार्ड, बालकको बुवाको नागरिकता, आमाको जम्न प्रमाणित भएका गापाको सिफारिस र सूचकको लागि बालकको हजुर वुवाको नागरिकताको प्रतिलिपि सहितका प्रमाणहरु समेत पेश गरेपनि वडा अध्यक्ष प्रदिप महतो र वडा सचिव भिषण राउतले जन्मदर्ता बनाइ नदिएको पिडित महराले बताए ।

आफू दलित समुदायको भएकोले दलित समुदायका बालबालिकाले सरकारबाट पाउने भरणपोषण भत्ता नपाओस मनसाय बोकी जातीय विभेदको नजरले दलित भएकै कारण जन्मदर्ता बनाउन अनाकानी गरेको पिडित पक्षको आरोप लगाए ।

नाती चार वर्ष हुन लागेको विद्यालय भर्नाको लागि जन्मदर्ताको बनाउन वडा कार्यालय गएपनि बालकको बुवा वडा कार्यालय उपस्थित हुनु पर्ने, विवाहदर्ता र नागरिकता पेश गर्नु पर्ने भन्दै फर्काएको ठकाइ चमारले बताए ।

जन्मदर्ता पाउने मौलिक अधिकार हो । नेपालको संविधानको धारा ३९ मा मौलिक हक अन्र्तगत प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहितको जन्मदर्ताको हक हुने छ भनि स्पष्ट व्यवस्था हुदा हुदै पनि वडा अध्यक्ष महतोले विभिन्न बहानामा जन्मदर्ताबाट बन्चित गराउने मनसायमा देखिएको पिडित पक्षले दुख व्यक्त गरे ।

बालक डेविस कुमार महरा मिति २०७१ मंसिर ६ गते साविक रघुनाथपुर–४ मा जन्मेका छन् । बुवा धिरेश महरा ३ वर्षदेखि वैदेशिक रोजगारीको क्रममा सउद अरबमा बस्दै आएका छन् । धिरेशको विवाह धनुषाको साविक बनिनीया गाविस हाल लक्ष्मीनीयाँ गाउँपालिकाकी अम्विका कुमारी महरासँग विवाह भइ डेबिस जन्मेका छन् ।

जातीय विभेदको नजरले दलित भएकै कारण जन्मदर्ता बनाउन अनाकानी गरेको पिडित पक्षको आरोप !