सर्लाहीमा ५४ कठ्ठा उखु खेतमा आगलागी

SHARES
Share on FacebookShareTweet on TwitterTweet

सर्लाही, फागुन ९ गते ।

सर्लाहीमा उखु खेतमा आगलागी हुँदा ९ लाखभन्दा बढीको क्षति भएको छ । सर्लाहीको हरिवन नगरपालिका ५ मा ५४ कठ्ठा उखु खेतमा आगलागी भएको हो ।
स्थानीय चारजनाको उखु खेतमा आगलागी हुँदा करिब ९ लाख ११ हजार २ सय रुपैयाँ बरावरको उखु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बुधबार साझँ अचानक भएको आगलागीबाट सोहि नगरपालिका वडा नम्बर ५ बस्ने ज्ञान बहादुर जिम्मा र कृष्ण थिङको १० । १० कठ्ठा र सोहि नगरपालिका ११ बस्ने शेख शेराजुलको १० कठ्ठा र बंशि ठाकुरको २२ कठ्ठमा लगाएको उखु पुर्ण रुपले जलेर नष्ट भएको हो ।
आगलागी प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागी कसरी भयो भन्ने घटना विषयम अनुसन्धान गरिरहेको जनाएको छ ।