साउदी अरबमा मृत्युदण्ड सजाय दिइने त्यो चोक, त्यो हेर्न आँटिला नेपाली पनि पुगेका हुन्छन्

SHARES
Share on FacebookShareTweet on TwitterTweet

साउदी अरबमा मृत्युदण्ड सजाय दिइने ठाउँ हो धिरा। सार्वजनिक बिदाको दिन प्राय: दिउँसो ४ बजे त्यहाँ अदालतको फैसला कार्यान्वयन गरिन्छ। त्यो हेर्न आँटिला नेपाली पनि पुगेका हुन्छन्। साउदीको राजधानी रियादको व्यस्त ठाउँ हो धिरा।

साउदी अरबमा मृत्युदण्ड सजाय दिइने ठाउँ हो धिरा। सार्वजनिक बिदाको दिन प्राय: दिउँसो ४ बजे त्यहाँ अदालतको फैसला कार्यान्वयन गरिन्छ। त्यो हेर्न आँटिला नेपाली पनि पुगेका हुन्छन्।

साउदीको राजधानी रियादको व्यस्त ठाउँ हो धिरा। चहलपहल बाक्लै छ। नेपालीहरूको मिलन केन्द्र भनिने बथाह सहर नजिकै पर्छ। घरगाउँबाट ल्याइदिएको कोसेली पुर्याउन र बिदामा जानेलाई परिवारका लागिमोबाइल, कपडा र अग्ला अग्ला टावरमुनि खिचेका तस्बिरहरू पठाउन नेपालीले भेट गर्ने थलो हो त्यो।

बिदाको दिन साउदीमा टाढा टाढा छरिएका साथीभाइ भेटिने थलो बथाह हो, सिन्धुपाल्चोकका हरिरामश्रेष्ठले भने, न्याय नपाए गोरखा जानु भनेजस्तै, नेपाली नभेटिए बथाह जानु भन्ने उखान छ।

यही ठाउँमा भरतपुरका कृष्ण थापाले १७ वर्षअघि खोलेको होटलमा नेपाली खाना र म:मखानेको भीड जतिखेरै लाग्छ। चिठीपत्रदेखि पार्सलसम्म त्यही होटलमा आइपुग्छ। रुकुम, खलङ्गाका शरदकुमार शर्माले साउदीनेपालको टिकट काट्न ट्राभल चलाएका छन्। नवलपरासी, गैंडाकोटका पर्शुराममिश्रले ढाकाटोपी, दौरासुरुवाल बेच्ने फेन्सी खोलेका छन्।

नजिकै काटमाडौं पेप्सीकोलाको विदुर कोइरालाको सगरमाथा म:म पसल छ। वरिपरि नेपालीलाई कपडा बेच्ने पसलको पनि लस्कर छ। बथाह आएपछिआफ्नै गाउँसहर आएजस्तो लाग्छ, १३ वर्षदेखि साउदीमा कार्यरत विराटचोक८ का डोरबहादुर कार्की भन्दै थिए, दु:खसुख पाएका नेपाली भेटिने संगमस्थल हो।

यहाँ नेपालीपन पाइन्छ। दिनभर साथीहरूदु:खसुख कुरा गर्छन्। गाउँघरको तिर्सना मेटछन्। साँझ परेपछि म:म, नेपाली खाना खान्छन््। फेरि कामका लागि क्याम्प फर्किन्छन्।

आँट भएका नेपाली भने दिउँसोतिर धिरातिर लाग्छन्। मृत्युदण्ड सजाय सुनाइएकालाई काट्ने, फाँसी दिने, जलाउने, गोली हान्ने, ढुंगाले हिर्काउने र कोर्रा लगाउने ठाउँ धिरा हो। स्थानीय नागरिक र आप्रवासीनागरिकको बाक्लो उपस्थिति रहने हुदाँ सार्वजनिक बिदाको दिन प्राय: दिउँसो ४ बजे अदालतको फैसलाअनुसार मृत्युदण्डको सजाय कार्यान्वयन गरिन्छ।

पहिला पहिला युवावस्थामा साथीभाइसँग मान्छेझुन्डाएको हेर्न गइन्थ्यो, १९९१ देखि रियादमै कार्यरत मिश्रले भने, पछि पछि उमेर ढल्किँदै गएपछि आँट जुटाउन सकिनँ। त्यता जान मन पनि लागेन।

धिराको अगाडि ठूलो मस्जिद छ। खुला चौर छ। वरिपरि बस्न सिटहरू राखिएका छन्। त्यही नजिक साउदीको परम्परागत अवस्था चित्रण गर्ने ठूलो संग्रहालय पनि छ। पछाडिपट्टि बजार छ। प्रहरी, मुतुवा(धार्मिक प्रहरी) जतिखेर घुमिरहेकै हुन्छन्।

यो हप्ता कसलाई मृत्युदण्ड दिइँदैछ भन्ने सूचना सार्वजनिक गरिएको हुन्छ, साउदीमा सबैबाट बा को उपनाम पाएका मिश्रले भने, प्राय: सलाह (प्रार्थना) गरिसकेपछिसजाय दिइन्छ। त्यस्ता व्यक्तिलाई नमाज पढाएर चौरमा ल्याइन्छ।

मुतुवाबाट फेरि सबैको सामुन्ने कुरान पढाइन्छ। न्यायाधीश तोकिएको समयमा आइपुग्छ। त्यसपछि बाहिरबाट दुई/चारजनालाई सैतान भन्दैढुंगा हान्न लगाइन्छ। कालो गाडीमा हालेर ल्याइएका मान्छे मार्ने व्यक्ति बाहिर निस्कछन्। तिनले तरबार निकालेर टाउको र शरीर विच्छेद गरिदिन्छन्। गाडीमा हालेर लैजान्छन्।

सजाय कार्यान्वयन गर्ने व्यक्तिहरूलाई राज्यले विशेष सुविधा दिएर राखेको हुन्छ। तिनीहरूका नेता मोहम्मद साद अल बेसीले १९९८ मा गरेको पहिलो अनुभव सञ्चार माध्यमलाई अन्तर्वार्ता दिंदै भनेका थिए,अपराधीको आँखामा कसिलो बनाएर कालोपट्टी बाँधिएको थियो। मैले उसको शिर छेदन गरिदिएँ। मानिसहरू अचम्म मानेर हेरिरहेका थिएँ। त्यसअघि मैले उसको परिवारलाई भेटेर माफी मागेको थिएँ।

साउदी बढी मृत्युदण्ड दिने देशमध्ये पर्छ। पछिल्लो ६ महिनाभित्र मात्रै १ सय २ जनालाई मृत्युदण्ड दिइसकेको छ, मानवअधिकारवबादी संस्था एमनेस्टीको प्रतिवेदन छ, अघिल्लो वर्ष ९० जनालाई मृत्युदण्डदिइएको थियो। तिनमा आप्रवासी कामदार ३७ जना थिए।

एमनेस्टीका अनुसार सन् १९८५ देखि २०१४ बीचमा २ हजार १ सय ७ जनालाई मृत्युदण्ड दिइएको थियो। तिनमा १ हजार २८ विदेशी कामदार थिए। २१ साउन २०७१ मा तनहुँकी शोभा परियारलाई पनि शिरछेदन गरी मृत्युदण्ड दिइएको थियो।

घरेलु कामदारका रूपमा साउदी आएकी परियारले मालिक्नीको यातनाको रिसमा दुईवर्षे बच्चाको हत्या गरिन्। पीडित साउदी परिवारलाई दिया रकम (ब्लडमनी) स्वीकार गरीमाफी दिलाउन नेपाली दूतावासले गरेको प्रयास सफल भएन।

सरिया कानुनले जघन्य अपराध मानेको मुद्दाहरूमा मुत्युदण्डको सजाय तोकिन्छ। हत्या, बलात्कार, झुठा भविष्यवाणी, निन्दा, सशस्त्र डकैती, बारम्बार लागूऔषध सेवन, धर्मत्याग, व्यभिचार, जादूटुनामुनागर्ने/सिकाउनेलाई मुत्युदण्ड दिइन्छ। धेरैजसो मुद्दामा शिर छेदन गरिएको छ। त्यसपछि ढुङ्गा प्रहार गरेर, आगो लगाएर, विद्युतीय झड्का दिएर मृत्युदण्ड दिइएका छन्।

अदालतले मृत्युदण्ड सुनाए जति सबैको कार्यान्वयन हुँदैन। साउदी न्यायपालिकाका अनुसार हुदुद (कारान सजाय) धर्मत्याग, व्यभिचार, गुद मैथुन (समालिङ्गी) का मुद्दा भने कार्यान्वयन हुन्छन्।

क्वाइस अर्थात आँखाका लागि आँखा भन्ने कानुनमा पीडित परिवारलाई निर्णय गर्न दिइएको छ। पीडकले दिएको दिया रकम (ब्लडमनी) पीडित पक्षले स्विकारे पीडकले माफी पाउने व्यवस्था छ।

जस्तोपाकिस्तानी नागरिक हत्यामा धनुषाका उमेश यादवलाई मृत्युदण्ड सुनाइए पनि पीडित पक्षसँग छलफल चलिरहेकाले रोकिएको छ। १४ वर्षदेखि साउदी नागरिक हत्या मुद्दामा मृत्युदण्डकै सजाय सुनाइएका पर्वत,केङु९ का शान्तबहादुर पुन पीडित परिवारको कान्छो छोरोको निर्णय पर्खेर बसेका छन्।

गत २३ असारमा पीडित परिवारले ११ लाख रुपैयाँ ब्लडमनी लिएपछि मृत्युदण्डबाट आममाफी दिएर उत्तम कुँवरलाईअदालतले नेपाल पठाइदिन आदेश दिइसकेको छ।

अधिकारबादीहरूले गरिब देशबाट काम गर्न आउने विदेशी कामदारलाई मृत्युदण्ड दिइन नहुने लबिइङ गरिरहेका छन्। गत जुनमा राष्ट्रसंघको महासभामा एमनेस्टी इन्टरनेसनले यसबारे आवाज उठाएको थियो।

विदेशीको हकमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनुपर्ने उसको भनाइ छ। मृत्युदण्डको सजाय दिँदा धेरै पक्षबाट नहेरिने र त्यसमा निष्पक्षता नहुने उसले जनाएको छ।

विदेशी कामदारका सम्बन्धित देशको कन्सुलरसेवा प्रति समेत प्रश्न उठाउने गरिएको छ। हरेक हप्ताजसो मृत्युदण्डको सजाय सुनिरहेका छौं, मिश्रले हिँड्ने बेला भने, समाचार सुन्दा सुन्दा सामान्यजस्तै लाग्न थालिसकेको छ। रमजानको समय भएरतपाईंले देख्न पाउनुभएन।