सार्वजनिक सवारी चालकहरुकाे आन्दोलन फिर्ता, अाजैबाट चल्न थाले गाडी

SHARES
Share on FacebookShareTweet on TwitterTweet

भदौ १ गतेदेखि लागू भएको नयाँ ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालकले आन्दोलन फिर्ता लिएका छन्।

सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि चालकहरुले आजैदेखि गाडी चलाउन थालेका हुन् । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु आन्दोलनमा उत्रिएका थिए ।

कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे नरहेको छानबिन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको हो । सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ ।

चालकहरुले पनि गाडी चलाउन थालेका छन् । यसअघि चालकहरुले गाडी नचलाउँदा लामो दूरीका यात्रुलाई समस्या परेको थियो ।

यस्ताे छ सहमति