सिरहाका सिडिओ पण्डित एक्सनमा : दलित बस्ती बचाउन अख्तियारमा गरे उजुरी 

SHARES
Share on FacebookShareTweet on TwitterTweet

सिरहाको मिर्चैया नगरपालिका–९ रमपुरामा हड्पिएको सिँगो दलित बस्ती बचाउनको लागि सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डित एक्सनमा आएका छन् ।

मिर्चैया–९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाई हड्पिएको दलित बस्तीको जग्गा उपर प्रारम्भिक अनुसन्धान सकाएर विस्तृत अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सिरहाले अख्तियारमा उजुरी गरेको छ ।

साबिक कल्याणपुर नगरपालिका र हाल मिर्चैया वडा नं. ९ रमपुरा बस्ने स्थानीय कमल भन्ने भरत यादवले किर्ते गरी कब्जा गरेको बस्तीको जग्गा उपर थप अनुसन्धान गर्न उक्त जग्गाको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिएका हुन् ।

सिडिओ पण्डितले त्यसमा संलग्न वडा अध्यक्ष, जग्गाकारोबारीका साथै मालपोत र नापी कार्यालयका कर्मचारीविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको जनाए ।

जग्गा धनीलाई पैसा तिरेर झण्डै करिब ९० वर्ष (३ पुस्ता) देखि बसोबास गर्दै आएका महरा टोलका सिँगो दलित बस्ती नै भरत यादवले आफ्नो नाममा पास गराएर आफन्तको नाममा पास गरिदिएको खुलासा भएपछि बस्तीमा बसोबास गर्ने दलितहरुले जिप्रकामा उजुरी गरेका थिए ।

उनीहरूले कयौं पुस्तादेखि बसोबास गर्दै आएका बस्तीको जग्गा अरुले नै हड्पेको थाहा पाएलगत्तै विभिन्न सरकारी निकाय गुहारेपनि खासै चाँसो नहुँदा ‘न्यूज ब्यूरो’ अनलाईन पत्रीकाले समाचार प्रकाशित गरेपछि जग्गाको विषय चर्चामा आएको थियो ।न्यूज ब्यूरोको समाचार विभिन्न सञ्चार माध्यममा भाईरल बनेपछि एक्सनमा आएका प्रजिअ (सिडिओ) पण्डितले उनीहरूसँग अन्याय हुन नदिने आश्वासनसहित जग्गा उपर अनुसन्धान थालेका थिए । 

बसोबास गर्दै आएका दलितहरुले २०२४ सालमा नै जग्गाको पैसा तिरेर जग्गा किनेपनि आजभोलि गर्दागर्दै जग्गा धनीको मृत्यू भएपछि उनीहरूको नाममा जग्गा पास भएको छैन । पछि उनीहरु कानुन सम्बत जग्गा नामसारी प्रक्रियामा जान खोजेपनि स्थानीय कमल भन्ने भरत यादवले गुपचुप रुपमा किर्ते गरी गत २०७० साल ६ महिना १० गतेमा आफ्नो नाममा रजिष्ट्रेशन पास गराएका थिए । 

जग्गा धनीको करिब ४० वर्षअघि नै मृत्यू भइसकेको भएपनि मात्रै २०७० सालमा सिधै जग्गा धनीको नामबाट कमल भन्ने भरत यादवको नाममा जग्गा पास भएको देखिन्छ । बस्तीका दलितहरुले जग्गा उपर उजुरी गरेपछि उक्त जग्गा भरत यादवले २०७५ जेठ १७ गतेमा आफ्नो फुपूको छोरा कल्याणपुरका रामपरिक्षण यादवको नाम पास गरिदिएका हुन् ।
फुलबरिया १ ‘ङ’ अन्तर्गत कित्ता नम्बर १८ को उक्त ७ कठ्ठा १० धुर जग्गामा १६ बढी घरपरिवार बसोबास गर्दै आएका छन् । सिँगो बस्ती नै कब्जा गरेका कमल यादवले बस्ती खाली गर्न दबाब बनाएपछि बिचल्ली तथा त्रासमा परेका उनीहरू जिल्ला प्रशासन, जिल्ला अदालत, अख्तियार, नगरपालिका लगायतका निकायहरुमा उजुरी गरेका दर्ता गराएका थिए ।

गत फागुन २८ गते ‘जनताको कचहरी’ कार्यक्रम लिएर मिर्चैया ७ फूलवरियामा पुगेका प्रदेश २ का कानुन मन्त्री ज्ञानेन्द्र यादव समक्ष समेत उनीहरूले जग्गा उपर ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा प्रदेश का २ महान्यायाधिवक्ता दिपेन्द्र झा, प्रजिअ पण्डितसमेत सहभागी थिए । उनीहरुले पीडितसँग अन्याय हुन नदिने आश्वासन दिएका थिए ।

यस्तै, प्रजिअ पण्डितले जम्मा पाँचवटा यस्ता जग्गा उपर प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी त्यसमध्ये तीनवटा मिसिल विस्तृत अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी र बर्दीवासको कार्यालयमा पठाइएको जानकारी गराए ।

उनले त्यसमा संलग्न दुई वडा अध्यक्ष, पाँच जग्गाकारोबारीका साथै मालपोत र नापी कार्यालयका कर्मचारीविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको जनाए ।
 
न्युज ब्युरो बाट सभार गरिएको छ।

——English medium ——

Chief District Officer (CDO) Rudra Prasad Pandit is here to save the census Dalit settlement, which has been killed in the Mirchiya Municipality-9 Rampura, Siraha, Siraha.

District Administration Office, Sirha, has filed an authority on the authority for conducting initial research on the land of Dalit settlement, which was created in Riyadhara-9 in Rampura.

Sabik Kalyanpur Municipality and Merchariya Vada No. 9, District Officer Kamal Yadav said that the land has been sent to the Commission for Abuse of Investigation Commission for further investigation on the land of the settlement, which has been seized by Ramespura, Chief District Officer Pandit said.

According to the statement, the CDO filed complaints against the officials of the VDC, landlord and the employees of the Malpot and Met office.

After the disclosure of Bharat Dalit settlement of the Mahara toll in the name of Mahra toll, which has been landing for almost 90 years (3 generations) by money, the passage was passed by the Bharat Yadav in his name, and the Dalits living in the settlements kept quiet in Jupiter.

हाम्रो मधेशको ताजा घटनाहरुको बारेमा जानकारी पाउन र साथै देश बिदेश्हरुको बारेमा नयाँ घटनाहरुको बारेमा बुझ्न् सबै साथिहरुले page लाई like, सेयर र comment गर्न नभुल्नुहोला। मधेसखबरमा मधेसका सम्पुर्ण News हरु हेर्न सक्नुहुनेछ । यदि कसैलाई आफ्नो जिज्ञासा् व्यक्त गर्नु छ भने online janakpur मधेस page मा आएर messege गर्नुहोला र हामिले तपाइँलाई सक्दो चाडैं नै जवाफ फर्काउने कोशिस गर्छु। धन्यवाद !!!