सिरहामा पोखरी विवादमा भयँकर झडप, प्रहरीले गरे ५ राउण्ड हवाई फायर !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

सिरहा, ४ फागुन । सिरहामा पोखरीको विषयलाई लिएर दुईपक्षबीच विवाद हुँदा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ । सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरमा रहेको सिकिया पोखरीलाई लिएर दुईपक्षबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो । पोखरी ठेक्का लिएका ठेक्केदार दुई समुदायबीच भएको झडपको कारण दर्जनो घाईते भएपछि झगडा उग्र रुप लिएपछि नियन्त्रण गर्नको लागि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।

सुखीपुर नगरपालिकाले ठेक्का लगाएको स्थानीय सिकिया मण्डलको आफन्त शुशिल मण्डलको स्वामित्वमा रहेको पोखरीमा माछा मार्न जाँदा ठेक्केदारले मण्डल पक्षलाई रोकेपछि विवाद चुलिएको भएको थियो । भनाभन उग्र भएपछि अवस्था तनावग्रस्त हुन पुगेको र घटनालाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउनु परेको जनाएको छ ।

झडपबाट मण्डल पक्षका ९ जना र ठेक्केदार पक्षका २ जना गरी जम्मा ११ जना घाईते भएका छन् । मण्डल पक्षबाट भरोषी मण्डल, सकल मण्डल, दिनेश मण्डल, शुनिल मण्डल, मिन्टु मण्डल, विष्णु मण्डल, विनोद मण्डल, राम बाबु मण्डल र श्याम कुमार मण्डल घाईते भएका छन् भने ठेक्केदारको पक्षबाट श्रीनरायण यादव र ठेकेदार रमेश कुमार यादव घाईते भएका छन् ।

नगरपालिकाले पोखरी ठेक्का लगाएपछि मण्डल पक्षले आफ्नो पोखरी रहेको भन्दै नगरपलिकामा उजुरी दिएका थिए भने अदालतमा समेत पोखरी आफ्नो भएको दावीसहित मुद्दा दर्ता गराएका छन् ।

घाईतेहरुको उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ ।