सिरहा, भदौं २४ गते । सिरहाको गोलबजार नगरपालीकामा कर वृद्धि गरेको भन्दै सातदलीय मोर्चाले विरोध प्रदर्शन गरेका छन् ।

SHARES
Share on FacebookShareTweet on TwitterTweet

गोलबजारमा कर वृद्धिको विरोध (फोटो फिचर)

सिरहा, भदौं २४ गते । सिरहाको गोलबजार नगरपालीकामा कर वृद्धि गरेको भन्दै सातदलीय मोर्चाले विरोध प्रदर्शन गरेका छन् ।
गोलबजार नगरपालिकाले चालू आर्थिकमा कर वृद्धि गरेको भन्दै संघर्ष समितिले दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । सक्तारुढ, प्रमुख प्रतिपक्षी दल लगायतका विभिन्न राजनीतिक दलले कर विरोधको विरोधमा धर्ना, जुलुस, सभा जस्ता विरोधका कार्यक्रम गरेका छन् ।

यस्तै आईतवार पनि विरोध प्रर्दशन गरिएको छ । विरोध प्रर्दशनलाइृ नेपाली काग्रेसका राजदेव साह, संघिय समाजवादी फोरमका कृष्णा कुमार सिंह, नेकपा क्रान्तिकारी माओवादीका रामनारायण सिंह लगायतले विरोध प्रर्दशन पश्चात भएको कोण सभामा कर वढाउन नपाईने गरी दबाब जारी राख्ने बताएका छन् । विरोधमा उत्रेका दलहरुले नगरपालिकाले चालू आर्थिक वर्षबाट लागू हुनेगरी किसानले बेच्न आउने बाख्रा, कुखुरा, तरकारीमा अतिरिक्त कर लगाएको दाबी गरेका छन् ।

यस्तै आन्दोलनरत पक्षले आर्थिक वर्ष ०७४ ं७५ मा भएका विभिनन विकासे योजनाको विवरण माग गरेका छन् ।
कर वृद्धिको निर्णयसँगै विरोध सुरु भएपछि गोलबजार नगरपालिकाले वृद्धि गरिएका कर तत्काललाई लागु नहुनेगरी स्थगित गरेको छ । आन्दोलनरत पक्षसँग वार्तागर्न समिति पनि बनाईएको थियो । तर पनि वर्ता सफल नहुँदा आन्दोलन जारी राखेका छन् ।