हत्या हिंसाका श्रृंखलालाई रोक्न नसक्ने गृहमन्त्रीको राजीनामा माग

SHARES
Share on FacebookShareTweet on TwitterTweet

नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ । मुलुकभर श्रृंखलावद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गईरहँदा घटनाको अनुसन्धान गर्न सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भईरहेको तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको प्रति पनि आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा षालले हत्या हिंसाका घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् । उनले भनिन्। “यो सरकारले हत्या हिंसाका श्रृंखलालाई रोक्न सकेको छैन । म निवेदन गर्न चाहन्छु । यति धेरै हत्या हिंसाका घटनाहरु र महिला अस्मिता माथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भईसकेको छ ।”

एसिड प्रहार गरि महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दिन प्रतिदिन हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारवाहीको दायरामा ल्याउन नसकेकोप्रति आपत्ति जनाइन् ।

उनले भनिन्, “विडम्बना छ । यो सरकार । यो शासनकालमा अपराधीले न त कानुनसँग डरायो न सरकारसँग डरायो ।” उनले हिंसा नियन्त्रणमा प्रतिपक्षी दल सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताइन् ।
source by;hamrokalam