होसियार ! अब जनकपुरमा फोहोर गरे १ लाख जरिवाना ३ महिना कैद : सिडिओ 

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, २६ माघ । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीप कणेलले जनकपुरमा फोहोर गरे १ लाख जरिवाना तथा ३ महिनासम्म कैद हुने बताएका छन् ।

शनिबार साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत सफाईको क्रममा जनकपुरको रेल्वे स्टेशनमा सरसफाई गर्दै प्रमुख जिल्ला अधिकारी कणेलले जनकपुरको सार्वजनिक ठाउँमा फोहोर गरेको पाइए फोहोर साफ गर्न लगाउने तथा अटेरी गरे नजिकको प्रहरीमा वा वडा कार्यालयमा बुझाउन आग्रह गरेका छन् ।  महिला  सफाई अभियानी रूवी झाको अगुवाईमा साप्ताहिक सरसफाइ कार्यक्रममा सहभागी भएको सिडिओ कणेलले सो कुरा लागू हुने बताएका छन् ।

जनकपुर ऐतिहासिक र धार्मिक पहिचान बोकेको भन्दै  मदिरा नियंत्रण तथा माछा मासु बिक्री ब्यवस्थित गर्न निर्देशन समेत दिएका छन् । उनले रेल्वे प्रांगणको वरिपरि होटल दुकान (पसल) नराख्न समेत निर्देशन दिएका हुन् । सो कार्यक्रममा उनले भने, – “आजदेखि रेल्वेको स्टेशनको वरिपरी लगायत जनकपुरको अन्य सार्वजनिक ठाउँमा पनि फोहर नगर्ने र नगर्न दिने आग्रह जनकपुरवासीमा गर्दछु , फोहर गर्नेलाई तुरुन्त फोहर टिप्न लगाउने र अटेरि गरे वार्ड कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाई आबश्यक कार्यवाही गर्न प्रहरी अग्रसर हुनेछ । फोहोर गर्नेलाई १ लाख जरिवानादेखी ३ महीना सम्मको कैद सजाय समेत हुन सक्नेछ ।” 

सो कार्यक्रममा अभिभावकत्वझैँ जिम्मेवारी निभाएका प्रमुख जिल्ला अधिकारी कणेलले  कार्यक्रम राम्रो र उत्साहित भएकोले उनलाई उपस्थित गराउने सम्पूर्ण अभियानीहरुलाई आभार प्रकट गरे । सो कार्यक्रमको लागि  मुख्य सामग्री ग्लोब्स र मास्क ब्यवस्था भने जिल्ला समनव्यन समितिको उप प्रमुख  दिपक झाले गरेका थिए । 

सो कार्यक्रममा जनकपुर रेल्वेको इंजीनियर बिनोद ओझा, जनउमपा वडा नं. १ का वडा अध्यक्ष शत्रुध्न साह, सरसफाई अभियानी तथा बन अधिकृत सुरेश शर्मा , युवा तथा सरसफाई अभियानी दिपक कुमार चौधरी, सरसफाई अभियानी अंजू साह,  इंसेकको राजू पासवान , सरसफाई अभियानी बलराम मंडल, आरती मंडल, संगीता ठाकुर,रबी मंडल, ईन्द्रजीत राउत, लगायत टोलबासीहरूको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी कणेलको यो अभिव्यक्ति र निर्देशनपछि जनकपुरधामको स्वच्छता अभियानलाई प्रत्यक्ष फाईदा पुग्ने भएको छ भने एउटा स्वच्छ, सफा र हरियो जनकपुरको परिकल्पणालाई टेवा पुग्ने छ ।