इद मनाउने क्रममा प्रदेश २ मा झडप, दुई राउण्ड हवाई फायर, १० घाइते

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुर । प्रदेश २ महोत्तरीको लोहारपट्टीमा इद मनाउने क्रममा झडप भएपछि स्थिती तनावग्रस्त भएको छ। महोत्तरीको लोहारपट्टीको महदैयामा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।झडपमा परी १० जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जनकपुर लगिदै गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर-इद आज उत्साहका साथ मनाइरहेका छन्।तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल-जुहा’ पनि भन्ने गरिन्छ। यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ। इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ।

समाचारको पूर्व विवरण आउन बाँकी छ।