info@ithome.com.np +977 9841549777

जसपाको केन्द्रीय कार्यकारिणी बैठकले पाँच निर्णय पारित
mdkhabar २०८२ फाल्गुन ६ गते , बुधबार 100
shares

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०९ असार ।
 जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाँच महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले आगामी भदौ २५–२७ मा हुने प्रदेश अधिवेशनका लागि “जसपा नेपाल प्रदेश निर्वाचन निर्देशिका २०८२” सर्वसम्मतिले पारित गरेको छ।
असार २८ मा हुने म्इत्क्ष्ः राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रमका लागि उपाध्यक्ष विधुत बज्राचार्यको संयोजकत्वमा विशेष कार्यदल गठन गरिएको छ।
सप्तरीको राजविराजमा भएका अप्रिय घटनामा संलग्न पार्टी सदस्यहरूलाई स्पष्टिकरण सोधिने निर्णय पनि बैठकले गरेको छ।
पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार, संविधान संशोधन र आर्थिक सुधारमा पूर्णतः असफल भएको ठहर गर्दै, विगतमा दिइएको समर्थनबारे पुनः समीक्षा गर्न संघीय संसदीय दललाई निर्देशन दिएको छ।
पार्टीमा सक्रिय रहेका पाँच नेता—शशि कपूर मियाँ, करिमा बेगम, सुधिरनाथ पांडे, कैलाश गुरुङ र निलम यादवलाई पार्टी केन्द्रीय समितिमा मनोनयन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार