info@ithome.com.np +977 9841549777

तिलाठी कोइलाडीमा स्वास्थ्य र लैङ्गिकतासम्बन्धी चारदिने शिक्षक तालिम सम्पन्न
mdkhabar २०८२ फाल्गुन ६ गते , बुधबार 100
shares

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ०८ असार ।
तिलाठी कोइलाडी गाउँपालिकामा नसर्ने रोग, लैङ्गिक असमानता, र यौन दुव्र्यवहार रोकथाममा विद्यालयको भूमिकालाई सशक्त बनाउन चारदिने शिक्षक तालिम सम्पन्न भएको छ।
भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानद्वारा आयोजित तालिममा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका ५७ जना शिक्षक र नर्स सहभागी थिए।
स्वास्थ्य, शारीरिक, सिर्जनात्मक कला, सामाजिक अध्ययन र मानव मूल्य शिक्षाका कक्षा ४–८ सम्मका शिक्षकहरूलाई अनुसन्धान–आधारित पाठ्यक्रम र व्यवहारिक मोड्युलमार्फत प्रशिक्षण दिइएको थियो।
उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले तालिमले विद्यालयस्तरबाटै चेतना फैलाउने विश्वास व्यक्त गरे। शिक्षा शाखा प्रमुख चन्द्रभूषण रायले तालिम उपयोगी रहेको भन्दै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
शिक्षक सरोज कुमार कर्णले तालिमको सिकाइ विद्यालयमै कार्यान्वयन गरेर सकारात्मक प्रभाव पार्न सकिने बताए।
प्रतिष्ठानले दीर्घकालीन सामाजिक परिवर्तनका लागि शिक्षकमार्फत विद्यार्थीमा सचेतना फैलाउने उद्देश्यसहित तालिम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार