लिलाकान्त यादव
राजविराज, ०८ असार ।
एकल महिला दिवस २०२५ को अवसरमा कञ्चनरुप नगरपालिकामा डब्लुएचआर (ध्ज्च्) को सहयोगमा एकल महिला संघद्वारा विविध कार्यक्रमहरू सम्पन्न गरियो।
कार्यक्रमको आयोजना एकल महिला संघ सप्तरीकी अध्यक्षको अध्यक्षतामा गरिएको थियो भने कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता अतिथी र संघकी केन्द्रीय उपाध्यक्ष विमला पराजुली विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा सुरक्षा कोषको अवस्था, एकल महिलाका हकहित, परिवर्तनशील समाजमा महिलाको भूमिका लगायत विषयमा केन्द्रित छलफल गरिएको थियो।
सदस्य सरिता देवी शर्माले जानकारी गराएअनुसार, कार्यक्रममा एकल महिलाहरूले सामाजिक सुरक्षाको पहुँच, आर्थिक सशक्तिकरण र नीति कार्यान्वयनको अभावबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा नगरस्तरीय जनप्रतिनिधि, सामाजिक अगुवा, महिला अधिकारकर्मी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संवाद र सहकार्यका माध्यमबाट एकल महिलाको हकहित सुनिश्चित गर्न स्थानीय तहको सक्रियता र संघसंस्थाको सहकार्य अपरिहार्य रहेकोमा वक्ताहरूले जोड दिएका थिए।
प्रतिक्रिया
सम्बन्धित समाचार