info@ithome.com.np +977 9841549777

नेकपा एमालेको ११ औँ राष्ट्रिय अधिवेश न भक्तपुरमा सम्पन्न
mdkhabar २०८२ फाल्गुन ६ गते , बुधबार 100
shares

 नेकपा एमालेको ११ औँ राष्ट्रिय अधिवेश न भक्तपुरमा सम्पन्न

नेकपा एमालेको ११ औँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। भक्तपुरको सल्लाघारीमा सम्पन्न अधिवेशनमा देशभरिका प्रतिनिधिहरू लगायत जिल्लाका विभिन्न स्थानबाट विभिन्न जातजातिका सांस्कृतिक झाँकी सहित प्रदर्शन गरिएको थियो। अधिवेशनको उद्घाटन गर्दै केपी शर्मा ओलीले भने 'संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्छ । संसद्‌‌मार्फत संविधान संशोधन हुनुपर्छ ।संसद् विघटन हुनुहुँदैन भनेर काम चलाउ प्रधानमन्त्रीको नाताले संवैधानिक बाटो देखाएको थिएँ । तर, देशलाई उल्टो दिशामा लगियो । बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरियो । असंवैधानिक सिफारिसबाट विघटन भयो,’ ओलीले भने, ‘यो असंवैधानिक छ । गलत छ । जनताले चुनेका प्रतिनिधिहरूलाई घर फर्काउनु भनेको लोकतन्त्र कमजोर बनाउनु हो । प्रतिनिधिसभा विघटन मान्य छैन । असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुन:स्थापना तुरुन्त हुनुपर्छ भन्ने नेकपा एमालेको अडान हो ।’ उनले फागुन २१ को चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश पाएको सरकारले चुनावी वातावरण बनाउने भन्दा बिथोल्ने दिशामा काम गरिरहेको बताए । ‘ अहिले चुनावको तयारी भइरहेको जस्तो देखिँदैन । चुनाव चाहने सरकार थियो भने सबै दलको विश्वास जितिने थियो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सुरक्षित वातावरण बनाउँथ्यो । दललाई चुनावमा सहभागी गराउन वातावरण बनाउँथ्यो । निर्भयको वातावरण बनाउँथ्यो । लुटिएका प्रहरीका हात हतियार फिर्ता ल्याउँथ्यो । भागेका कैदबन्दीहरु फर्काउँथ्यो,’ ओलीले थपे, ‘तर, सरकारले मिडिया ट्रायल र राजनीतिक दलहरूकाविरुद्ध धम्की, नेताहरूको राहदानी रद्द र स्थान हद, निषेधाज्ञा गर्ने काम गरिरहेको छ । यसले दबाब र आतंक बढ्छ कि मतदानको सुरक्षा हुन्छ ? लोकतान्त्रिक प्रणाली र विधिद्वारा शान्तिपूर्ण वातावरणबाट चुनाव होस् भन्ने भनाइ हो । डर, दबाब र प्रतिशोधको छायाबाट चुनाव हुन्छ भन्ने एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ । तर, अहिले चुनाव हुँदै छ र ? होइन, चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै हुँदैछ । देशलाई अलमलाउनका लागि । त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार